बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन

बुधबार, २३ माघ २०८१, २२ : ४५
बुधबार, २३ माघ २०८१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन सङ्गठन सुदृढीकरणमा जोड दिएका छन् । पार्टीको पूर्वाञ्चल, तराई–मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको आज बसेको बैठकमा अध्यक्ष थापाले पार्टी मातहतका स्थानीय तह कमिटीलाई तोकिएको मितिमा अधिवेशन गर्न निर्देशन दिए ।

वर्तमान राजनीतिक अस्थिरताका कारण मुलुकमा आत्मसमर्पणवादी मानसिकता हाबी भएको बताउँदै उनले देश विकास तथा आर्थिक रुपान्तरणका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नुपर्ने समय आएको बताए ।

उनले पार्टीले उठाउँदै आएका राजनीतिक एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलनमार्फत त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए । समान विचार भएको राजनीतिक दल तथा समूहसँग एकता प्रक्रिया छिट्टै सुरु गरिने बताउँदै अध्यक्ष थापाले विगतमा पार्टीभित्रका केही नेताहरुको सङ्कीर्णता, द्वैध चरित्र र अहङ्कारले टुटफुटको समस्या ल्याएकाले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप