१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
![१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि](https://npcdn.ratopati.com/media/news/10_WIlEiQ3B2L.jpg)
काठमाडौँ । आज २०८१ माघ २३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–
- शक्तिशाली सरकार, निरीह विपक्षी
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेसहितको सरकार बनेसँगै विपक्षीहरू सानो आकारमा खुम्चिन पुगेका छन् । परिणामस्वरुप सरकारका कमी कमजोरीमा प्रश्न उठाउने, खबरदारी गर्ने विपक्षी भूमिका पनि औपचारिकतामा सीमित भएको छ ।
- विभाग प्रमुख र उपप्रमुख तोकियो
नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका छन् ।
- सुस्ताको समस्या
वर्षौंदेखि समस्यामा रहेको सुस्ताको सीमाङ्कन गर्नेबारे अहिलेसम्म प्रक्रिया नै अगाडि बढेको छैन । स्पष्ट सीमाङ्कन नहुँदा यहाँका बासिन्दा सधैँ समस्या परेका छन् । स्थानीय लैला बेगम पनि दलहरूले सीमाङ्कनमा ध्यान नदिएको आरोप लगाउँछिन् । उनले भनिन्, ‘हामी लामो समयदेखि यहाँ नेपाली भूमि जोगाउन बसेका छौँ तर माथिल्लो तहका नेताहरू दीर्घकालीन रूपमा यहाँको समस्या समाधान गर्न चाहँदैनन् ।’
- अर्थ समिति
नेपालका भन्सार क्षेत्र अत्यन्त अस्तव्यस्त अवस्थामा भेटिएको भन्दै राजस्व चुहावट नियन्त्रण गर्न यसलाई व्यवस्थित गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिको छलफलमा सांसदहरूले भन्सारमा चोरी पैठारी बढेको लगायत समस्या देखाएका हुन् ।
- सहकारी ठगी प्रकरण
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले लामिछानेकाे मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेकाे हो ।
- अध्यादेश
अध्यादेश अध्ययन गर्न गठित जसपा नेपालको कार्यदल सरकारको पक्षमा उभिने सङ्केत गरेको छ । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवालासहितसँगको छलफल गरे पनि प्रतिवेदन तयार गरिसकेको छैन ।
- एनआरएनए विवाद
गैरआवासीय नेपाली संघ (एनआरएनए)को विदेशमा रहेका शाखा (राष्ट्रिय समन्वय परिषद्)हरूले गैरआवासीय नेपालीहरूको पक्षमा काम गर्न नेतृत्वलाई सुझाव दिएका छन् । एनआरएनए विवादको सन्दर्भमा सर्वोच्च अदालतबाट गत चैत २१ र साउन २२ मा दुई फैसला आएसँगै आफूहरु चेपुवामा परेको भन्दै उनीहरूले संस्थामा एकता कायम गर्दै गैरआवासीय नेपालीहरूको पक्षमा काम गर्न सुझाव दिएका हुन् ।
- तीन निर्णय विवादमा
महान्यायाधिवक्ता कार्यालय फेरि एक पटक विवादमा तानिएको छ । पछिल्ला दिनमा भएका केही निर्णय विवादमा परेको हो ।
- जसपा नेपालको ‘बार्गेनिङ पावर’
प्रतिनिधिसभामा पाँच र राष्ट्रिय सभामा तीन सिट रहेको जनता समाजवादी पार्टी नेपाल अहिले सत्तासँग बार्गेनिङको केन्द्रबिन्दुमा पुगेको छ । सरकारलाई समर्थन गरे पनि संघीय तथा प्रदेश कुनै पनि सरकारमा ऊ सामेल छैन । तर सरकारले ल्याएको ६ वटा अध्यादेश उसकै कारण राष्ट्रियसभामा अड्किने देखिएको छ । यस्तो अवस्थामा यस पार्टीलाई अहिले सत्ताधारी र विपक्षी दुवैले खोजिरहेका छन् ।
- फोटो फिचर
दलित युवामाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । बुधवार दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौँमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । बुधवार उनीहरूले प्रदर्शनका क्रममा करिब एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।
बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि