अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
![अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो](https://npcdn.ratopati.com/media/news/mountaiun-musium_4oMhQk5RGj.jpg)
पोखरा । नेपाल पर्वतारोहण सङ्घले २२ औँ अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा आज पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा वृक्षरोपण, कविता वाचन एवंं पर्यटक पथपर्दशकलाई सम्मान गरियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी, मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले वृक्षरोपण गरे । उक्त अवसरमा राष्ट्रिय झण्डासहित नेपाल पर्वतारोण सङ्घको झण्डा झण्डोत्तोलन गरिएको थियो ।
मन्त्री पाण्डेले सङ्ग्रहालयका गतिविधिबारे जानकारी लिँदै पोखराको पर्यटनमा सङ्ग्रहालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले नेपाल पर्वतारोहण सङ्घका पूर्वसंस्थापकहरू स्व.डा हर्क गुरुङ, स्व.कुमार खड्गविक्रम शाह र स्व. दावानोर्बु शेर्पाको शालिकमा माल्यार्पण गरे ।
संस्कृति पर्यटन तथा नगरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटनका क्षेत्रमा परिणाम देखिने काम सरकारले गरिरहेको बताउँदै पर्वतीय पर्यटकको विकासका लागि सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालको पर्यटन र पोखरा एक सिक्काका दुई वटा पाटा रहेको बताउँदै यहाँ सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखरासहित समग्र पर्यटनमा विशिष्ट योगदान गरेको बताए ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्वतीय पर्यटनका विभिन्न पक्षलाई सङ्ग्रहालयमा जीवन्त चित्रण गरिएको बताए । अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराका कार्यालय प्रमुख निर्मला न्यौपानेले पोखरामा आउने पर्यटकका लागि नछुटाउने गन्तव्यका रुपमा सङ्ग्रहालय विकास भएको बताउँदै वार्षिक दुई लाख पर्यटकले अवलोकन गर्ने गरेको जानकारी दिए ।
वरिष्ठ साहित्यकार सरुभक्तले हिमाल जोखिममा परिरहेको बताउँदै यिनीहरू सङ्कटमा पर्दा समग्र पर्वतीय पर्यटन प्रभावित हुने बताए । नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा. गणेश गुरुङले पोखरा प्रकृतिको बरदान भएको बताउँदै यहाँस्थित सङ्ग्रहालय मानव निर्मित गन्तव्य भएको बताए ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्म शेर्पा, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिनालगायतले पर्वतीय पर्यटनका विविध पक्षबारे चर्चा गरेका थिए ।
पर्यटक पथ प्रदर्शकलाई सम्मान गरिनुका साथै मुक्तक मञ्च पोखराका अध्यक्ष अम्बिका भण्डारी, साहित्यकार पूर्णिमा प्रतिविम्बि र सुरज उपाध्यायले कविता वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता