सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ

काठमाडौँ । सिरहाको लहानमा रहेको एक सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–८ घर भएका ४५ वर्षीय ईन्दर भन्ने ईन्द्रनारायाण चौधरी, लाहान नगरपालिका–२२ बस्ने ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया, सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतको पश्चिम बंगालको हुगली ग्राम पञ्चायत घर भएका निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूलाई लहान नगरपालिका–७ बस्ने ४५ वर्षीय विकास कुमार शारदाको जाहेरीका आधारमा पक्राउ गरिएको हो । उनीहरूमाथि लहान बजारमा रहेको विकास ट्रेडर्समा डाँका गर्ने योजना आरोप लगाइएको छ ।
प्रहरी नायब उपरीक्षक पासवानको कमान्डमा खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानमा पक्राउ गरेको थियो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?