आईसीसी वरीयतामा अभिषेकको छलाङ

काठमाडौँ । भारतीय ओपनर अभिषेक शर्मा आईसीसीको टी-२० ब्याटरको वरियतामा दोस्रो स्थानमा उक्लेका छन् । इंग्ल्याण्ड विरुद्धको प्रभावशाली प्रदर्शनपछि उनी ८२९ रेटिङ अंकमा पुगेका हुन् ।
आईसीसीले बुधबार नयाँ वरीयता जारी गरेको हो। यो सूचीमा ट्राभिस हेड शीर्ष स्थानमा र तिलक वर्मा तेस्रो स्थानमा रहेका छन् ।
इंग्ल्याण्डविरुद्धको पाँचौँ टी-२० खेलमा अभिषेकले १३५ रन बनाए। उनले ७ चौका र १३ छक्का प्रहार गरे। अभिषेकले केवल ३७ बलमा आफ्नो शतक पूरा गरेका थिए । उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए ।
यसैगरी वरुण चक्रवर्तीले टी-२० बलिङ वरीयतामा तीन स्थान माथि उक्लेका छन् । अब उनी तेस्रो स्थानमा पुगेका छन् । वरुणको ७०५ रेटिङ अंक छ भने इंग्ल्याण्डका रशिद खान ७०५ अंकका साथ दोस्रो र वेस्ट इन्डिजका अकिल हुसेन (७०७ अंक) शीर्ष स्थानमा छन्।
वरुण इंग्ल्याण्डविरुद्ध १४ विकेट लिएर प्लेयर अफ द सिरिज भएका थिए। टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई फेब्रुअरी ६ देखि सुरु हुने एकदिवसीय शृङ्खलाको लागि पनि छनोट गरिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु