राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा हुने भएको छ । संगठनको बुधबार काठमाडौँमा बसेको पदाधिकारी बैठकले आउँदो चैत १६ देखि १८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको संगठनका सदस्य–सचिव निराजन बमले जानकारी गराए ।
पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको महाधिवेशन चैत मसान्तसम्म सक्न निर्देशन दिएको थियो । पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरू महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको र युवा संगठनको महाधिवेशन समयमा सक्ने गरी निर्णय गरेको सदस्य सचिव बमले बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि महाधिवेशन गर्न बाँकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधानअनुसार महाधिवेशन गर्न हरेक हिसाबले तयार हुँदै गएको संगठनका सदस्य सचिव निराजन बमको भनाइ छ ।
अहिलेसम्म ४० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाको अधिवेशन पनि फागुनको तेस्रो सातासम्म सकिने र चैत पहिलो साताभित्र महाधिवेशन प्रतिनिधिहरूको नामावली समेत जिल्लाबाट पठाउन पत्राचार गर्ने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा