लुम्बिनी प्रदेश सभामा शासकीय सुधारको वार्षिक प्रतिवेदन पेस
बुधबार, २३ माघ २०८१, १८ : ५२

बुटवल । लुम्बिनी प्रदेशमा शासकीय सुधारको वार्षिक प्रगति प्रतिवेदन प्रदेश सभामा पेस भएको छ ।
बुधबार बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासनका लागि भए गरेका वार्षिक प्रगति प्रतिवेदन पेस गरेका हुन् ।
उक्त प्रतिवेदन अध्ययन, छलफल र सुझावका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको छ ।
प्रदेश सभाको विशेष समयमा बोल्दै प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले सङ्घ सरकार प्रदेश सरकारप्रति अहिले पनि सङ्कुचित भएका कारण प्रदेश जस्तो हुन नसकेको बताए । सरकारको कामबाट जनता उत्साहित बन्न नसकेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन
-
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग