स्ववियु निर्वाचनबारे त्रिविले गर्यो विद्यार्थी संगठनहरूसँग छलफल
![स्ववियु निर्वाचनबारे त्रिविले गर्यो विद्यार्थी संगठनहरूसँग छलफल](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2025-02-05-at-5.36.39-pm_zG4uDfOoA6.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनबारे विद्यार्थी संगठनहरूसँग छलफल गरेको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनहरूसँग छलफल गरेको हो ।
छलफलका क्रममा विद्यार्थी नेताहरूले फागुन १५ गतेका लागि तोकिएको निर्वाचन मिति किन सारेको भन्दै प्रश्न गरेका थिए । त्रिविले आफ्नो शैक्षिक क्यालेण्डरमा फागुन १५ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका बनाएको थियो । तर, पछि चैत ५ गतेका लागि तय भएको थियो ।
मिति सारिएको विषयमा माफी माग्दै उपकुलपति प्राडा केशरजंग बरालले फागुन १५ गते गर्दा यसअघिको स्ववियुको दुई वर्ष पूरा नहुने देखिएको बताएका थिए ।
‘हामीले शैक्षिक क्यालेण्डर बनाउँदा त्यति ख्याल गरेनछौँ । फागुन १५ गते चुनाव गर्दा यसअघिको समितिको दुई वर्ष पुग्दैन,’ बरालले भने, ‘फेरि दुई वर्ष नपुग्दै चुनाव गरायो भने कानुनी प्रश्न उठ्ने देखियो । त्यसैले चैत ५ गतेका लागि तोकेका हौँ ।’
बैठकमा सहभागी अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले सबै संगठनबाट निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।
स्ववियु निर्वाचन सबै विद्यार्थीको साझा संकल्प भएको आफूहरूले बताएको उनको भनाइ छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको तयारीका विषयमा विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने