शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
बुधबार, २३ माघ २०८१, १८ : ३०

वासिङटन डीसी । अमेरिकी विदेश सहयोग नियोगका हजारौँ कर्मचारीलाई शुक्रबार रातिदेखि अवकाश दिइने भएको छ । वेबसाइटमा जारी एउटा विज्ञप्तिमा नियोगले भनेको छ ।
विज्ञप्तिमा यूएसएडले मिसन क्रिटिकल फङसन्स, कोर लिडरसिप र विशेष रुपमा तयार पारिएको कार्यक्रमबाहेक सिधै भर्ती गरिएको सबै कर्मचारीलाई हप्ताको अन्त्यदेखि अवकाश दिइने भनेको छ । गत महिना कार्यभार सम्हालेयता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सरकारी पैसामा चल्ने कार्यक्रमहरूमा एकपछि अर्को कटौती गरिरहेका छन् ।
यूएसएडलाई बन्द गर्दा विश्वभर मानवीय कार्यक्रममा ठुलो असर पर्ने तर्क धेरैले गरिरहेका छन् । अमेरिका बाहिर भएका कर्मचारीलाई देशमा फर्किने व्यवस्था मिलाउन विदेश मन्त्रालयसँग मिलेर काम गरिरहेको यूएसएडले भनेको छ । कटौतीमा नपरेका कर्मचारीलाई बिहीबार यसबारे जानकारी दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती
-
१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पासाङ बने माओवादीको उपाध्यक्षदेखि रवि लामिछानेलाई पक्राउ गर्न किन हतारसम्म
-
रहेनन् अग्रज पत्रकार भैरव रिसाल
-
देशभरका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ