संसद्
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
बुधबार, २३ माघ २०८१, १८ : ०७

काठमाडौँ । बिहीबारको प्रतिनिधि सभा बैठकमा संसद्को अधिवेशन नहुँदा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने भएको छ । उक्त प्रस्तावमाथि अस्वीकार प्रस्ताव राखेका सांसदहरूमध्येबाट एक जनाले ५ मिनेटमा प्रस्ताव राख्ने र अन्य सांसदले तीन मिनेट आफ्नो धारणा राख्ने सहमति जुटेको छ ।
सभामुख देवराज घिमिरेले ५ दलका सचेतकहरूसँग राखेको छलफल पश्चात् जानकारी दिँदै कानुनमन्त्री अजय चौरासियाले उक्त कुरा बताए ।
‘यसको पक्ष विपक्षमा भोलिनै मतदान हुन्छ‚’ उनले भने ।
साथै भोलिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण