बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’

बुधबार, २३ माघ २०८१, १७ : ५७
बुधबार, २३ माघ २०८१

काठमाडौंँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा महिला पात्रलाई हाइलाइट गर्दै फिल्मको केही महत्वपूर्ण दृश्य राखिएको छ । फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको फिल्मले भेनिस फिल्म फेष्टिभलमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । आगामी चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न् ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेशनको कथा उठाएको छ । फिल्मको निर्माणमा निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप