बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
समाचार

प्रहरी प्रभाग साँखुको ब्यारेकमा महिला प्रहरी मृत फेला

बुधबार, २३ माघ २०८१, १६ : ०३
बुधबार, २३ माघ २०८१

काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।  प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको प्रहरी अधिकृतहरू बताउँछन् ।

घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप