राजनीतिक दलहरू गम्भीर नहुँदा संसद्ले कानुन निर्माण गर्न सकेन : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भीर नहुँदा संसद्ले कानुन निर्माण गर्न नसकेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक परियारले राजनीतिक पार्टीहरूले कानुन निर्माणको विषयलाई गम्भीरताका साथ लिए संसद्ले कानुन निर्माण ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । उनले सांसदहरूकै कारण कानुन निर्माण सुस्त भएको बताए । उनले संसद् राजनीतिक दलहरूका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरू यसमा गम्भीर हुन जरुरी रहेको बताए ।
प्रमुख सचेतक परियारले भने, ‘राजनीतिक पार्टीहरूले जुन दिन कानुन निर्माणलाई गम्भीरताका साथ लिन्छन् त्यही दिनदेखि संसद्ले कानुन बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो । हामी र हाम्रै कारणले कानुन निर्माण भइरहेको छैन संसदमा । विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन ? संघीय निजामती विधेयक किन बन्न सकेको छैन । यो सबै राजनीतिक पार्टीका कारणले कानुन निर्माण हुन सकेको छैन ।’
विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरूकै कारण ढिलाइ भइरहेको प्रमुख सचेतक परियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते