रासिद खान बने टी–२० क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी
_w52HAIAFUs.png)
काठमाडौँ । अफगानिस्तानका स्टार खेलाडी रासिद खान टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । २६ वर्षीय रिस्ट स्पिनरले वेस्ट इन्डिजका ड्वेन ब्राभोलाई उछिन्दै यो कीर्तिमान बनाएका हुन् ।
ब्राभोले २००६ देखि २०२४ सम्म ५८२ खेल खेल्दै ६३१ विकेट लिएका थिए । मंगलबार पार्ल रोयल्सविरुद्ध एसए२० क्वालिफायरमा डुनिथ वेलालागेको विकेट लिँदै उनले ब्राभोको कीर्तिमान उछिने ।
खानले सन् २०१५ देखि २०२५ सम्म ४६१ खेलबाट ६३३ विकेट लिएका छन् । ‘यो ठुलो उपलब्धि हो,’ खेलपछि खानले भने, ‘मलाई १० वर्षअघि कसैले तिमीले यो हासिल गर्न सक्छौँ भनेर सोधेको भए, मैले यसबारे सोचेको हुन्न थिएँ । अफगानिस्तानबाट आएर शीर्ष स्थानमा रहन पाउँदा निकै गर्व महसुस भइरहेको छ । ब्राभो टी–२० उत्कृष्ट बलरहरू मध्ये एक हुन् । यो सम्मानको कुरा हो र म अझै अघि बढ्न चाहन्छु ।’
खानले सन् २०१५ को अक्टोबरमा टी–२० मा डेब्यु गरेका थिए । उनले विश्वभरका विभिन्न लिगहरू खेलिसकेका छन् । उनले आईपीएल र पीएसएलको उपाधि पनि जितेका छन् ।
यता, टी–२० अन्तर्राष्ट्रियमा भने उनी दोस्रो स्थानमा रहेका छन् । उनले ९६ खेलबाट १६१ विकेट लिएका छन् । शीर्ष स्थानमा न्युजिल्याण्डका टिम साउथी छन् । उनले १२६ खेलबाट १६४ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीदेखि फलफूलसम्म : खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज
-
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष