रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
बुधबार, २३ माघ २०८१, १५ : ३५
म्युनिख । बायर्न म्युनिखका डिफेन्डर अल्फोन्सो डेभिसले क्लबसँग नयाँ करार सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै उनी रियल मड्रिड जाने चर्चामा पूर्णविराम लागेको छ ।
मंगलबार बायर्नले २४ वर्षीय डेभिसले क्लबसँग सन् २०३० को जुनसम्म रहने गरी पाँच वर्षको नयाँ करार गरेको जानकारी दिएको हो । क्यानडाका खेलाडीको पछिल्लो करार जुनमा समाप्त हुँदै थियो । उनी त्यसपछि फ्री–एजेन्टका रूपमा रियल जाने चर्चा चलेको थियो ।
उनी सन् २०१९ को जनवरीमा भ्यानकुभर ह्वाइट क्याप्सबाट बायर्नमा अनुबन्ध भएका थिए । उनले क्लबसँग ५ वटा बुन्डेस लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यो सिजन उनले सबै प्रतियोगितामा २५ खेल खेल्दै १ गोल र ३ एसिस्ट गरेका छन् । बायर्न हाल लिगको शीर्ष स्थानमा आसीन छ । टोली साबिक विजेता बायर लेभरकुजनभन्दा ६ अंकले अघि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग