समाचार
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
बुधबार, २३ माघ २०८१, १५ : ३१

सुर्खेत । झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ ।
बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको डाँगीले बताए ।
‘नदीमा खसेपछि उनीहरू बेपत्ता भएको खबर आएपछि बाबियाचौरबाट प्रहरी त्यहाँ पुगेको छ,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘अहिले खोजीकार्य भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान