भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण

नयाँ दिल्ली । अमेरिकाले देश निकाला गरेका १०४ जना अवैध भारतीय आप्रवासी बोकेको विमान भारतको अमृतसरमा अवतरण भएको छ । बुधबार दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको हो । विमान दिउँसो १ः५५ बजे अवतरण भएको बताइएको छ ।
आप्रवासीमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३/३३, महाराष्ट्र र उत्तर प्रदेशका तीन/तीन र चण्डीगढका दुई जना भएको बताइएको छ । निर्वासितहरूको संख्या अझै आधिकारिक रूपमा पुष्टि हुन नसकेको भन्दै अमर उजालाले आफ्नो समाचारमा भनेको छ । यसअघि आएका खबरहरूमा अमेरिकी सैन्य विमान सी–१७ मा २०५ अवैध भारतीय आप्रवासी सवार रहेको दाबी गरिएको थियो ।
अमेरिकी सरकारले देश निकाला गरेको अवैध भारतीय आप्रवासी यो पहिलो समूह थियो । पछिल्ला दुई हप्तामा, भारत बाहेक पनि अन्य धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले पनि नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सी–१७ सैन्य विमानबाट आप्रवासीहरूलाई भारत फिर्ता पठाउन लागिएको समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने