सेयर बजार
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
बुधबार, २३ माघ २०८१, १५ : ०९

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा झरेको हो ।
आज नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको सूचक ओरालो लागे पनि फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिएका छन् । बुधबार फाइनान्स उपसमूहका १५ वटै कम्पनीको मूल्य बढ्यो । यो उपसमूह मात्रै ५.६७ प्रतिशतले उकालो चढेको छ ।
आज कुल ११३ कम्पनीको मूल्य घट्यो । १२२ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । बधुबार सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य १० प्रतिशतले घट्यो ।
उपकार लघुवित्त, छ्याङ्दी जलविद्युत् र सेन्ट्रल फाइनान्सको मूल्यमा १० प्रतिशतको वृद्धि भयो । बुधबार समग्रमा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा साताव्यापी ‘राष्ट्रिय शोक’
-
दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ, यही नै मेरो जित होः रवि लामिछाने
-
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी
-
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक