फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने

पेरिस । फ्रान्समा अति दक्षिणपन्थी नेशनल र्याली पार्टीले सरकार विरुद्ध राष्ट्रियसभामा ल्याइएको अविश्वास प्रस्तावलाई समर्थन नगर्ने भएको छ । यसले प्रधानमन्त्रीले संसदमा अविश्वासको प्रस्ताव छल्न सक्ने र २०२५ को बजेट पारित हुने सङ्केत गरेको छ ।
‘हामी अस्थिरताको फाइदा उठाउने छैनौँ’ सो पार्टीले भनेको छ । प्रधानमन्त्री फ्रान्कोइस बायरोले सोमबार सांसदहरूको मतदान बिना नै २०२५ को बजेट अनुमोदन गरेका थिए ।
फ्रान्समा अहिले देखिएको अस्थिरताको नयाँ चरणको फाइदा पार्टीले नउठाउने दक्षिणपन्थी नेशनल र्यालीका अध्यक्ष जोर्डन बार्डेलाले भनेका छन् । वामपन्थी नयाँ पपुलर फ्रन्ट (एनएफपी गठबन्धनले पहिले नै फ्रान्सलाई बजेट दिने समय भएकोले अविश्वास प्रस्तावलाई समर्थन नगर्ने बताएको थियो ।
कट्टर वामपन्थी दलले फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोको सरकार विरुद्ध राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव ल्याएको छ । यो प्रस्ताव पारित गर्न ५७७ जना सांसदहरूमध्ये कम्तीमा आधाको मत चाहिन्छ ।
कट्टर वामपन्थी सांसदहरूले प्रस्तावको समर्थनमा मतदान गर्न सक्ने विश्वास गरिएको छ । तर उनीहरूसँग मध्यमार्गी गठबन्धन सरकार ढाल्न पर्याप्त सङ्ख्या छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट