व्यवस्था र अवस्था बदल्न धक्का दिनुपर्ने समय आयो : कमल थापा
बुधबार, २३ माघ २०८१, १४ : ५१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था र अवस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आएको तर्क गरेका छन् । पार्टीको बैठकमा बोल्दै थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता व्यक्त गरे ।
'अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो', थापाले थपे । गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिवर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए ।
थापाले एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने
-
ईश्वर पोखरेलको स्मृतिमा आमा : मेरी आमा कसैका आँखा बनेर जीवित हुनुहुन्छ !
-
मुकुल ढकालको आग्रहः रवि दाइलाई बिदा गरेर पार्टी निर्माणमा लागौँ