अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी विदेश नियोग यूएसएडमार्फत विश्वव्यापी रूपमा दिइने आर्थिक सहायता रोकेको छ । ट्रम्प सरकारको यो निर्णयको प्रभाव विश्वभर परेको छ ।
यस कदमको प्रभावले कयौं देशमा यूएसएडमार्फत चलिरहेका परियोजना बन्द हुने र त्यहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा पाइरहेको जागिर खोसिने निश्चित प्रातः बनेको छ । तर इरानको सरकारले भने यसमा खुशी व्यक्त गरेको छ ।
इरानी मिडियाका अनुसार विदेशी कोष रोक्ने अमेरिकी निर्णयले इरानमा रूढिवादी सरकारका विरोधीहरू र उदारवादीहरूले प्राप्त गर्ने कोषलाई पनि असर गर्नेछ ।
अमेरिकी सरकारले विश्वभर लोकतन्त्रलाई प्रवद्र्धन गर्न विभिन्न माध्यमबाट आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यसैबिच, इरानका उदारवादीहरूले विदेशी सहायता रोक्ने ट्रम्पको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । यसले इरानका कट्टरपन्थीहरूलाई प्रोत्साहन दिने चिन्ता गरिएको छ ।