‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
![‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ](https://npcdn.ratopati.com/media/news/ramkumari-jhakri--aktor-1_nruHvUWhlC.jpg)
काठमाडौँ । पूर्व मन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टरः टेक वन’ एकदमै रहस्यमय र रमाइलो लागेको बताएकी छन् । मंगलबार साँझ ललितपुरको लबिङ महलमा रहेको क्युएफएक्स हलमा फिल्म हेर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले अभिनेता प्रदीप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई बधाई दिइन् ।
उनले फिल्मले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा नहुनुपर्ने विवाद भएको बताइन् । उनले सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो । यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो । यो चलचित्रको नाम पनि हुबहु मिलेको छैन । हाम्रो अदालत पनि प्रोएक्टिभ छ ।’ उनले फिल्मको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने धारणा राखिन् ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा प्रदीप र दिव्याको अलावा राजबल्लभ कोइराला, आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ ।
अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्म थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक राजन भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा
-
अर्जुन ट्रफीको उपाधि अत्तरियाले उचाल्यो, पायो १० लाख
-
नेपाल लाइफले बोनस सेयर र नगद लाभांश दिने
-
जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
-
रिलिज भएको केही घण्टामा नै ट्रिन्डिङ गर्न थाल्यो बालेनको गीत
-
आयुर र दीक्षान्तलाई १२औँ स्पिड पावर तेक्वान्दोमा स्वर्ण