भन्सार नाका अस्तव्यस्त अवस्थामा छन् : सांसद गिरी
बुधबार, २३ माघ २०८१, १४ : ०१

काठमाडौँ । सांसद पदम गिरीले अनुगमनका क्रममा भन्सार नाकाहरू अस्तव्यस्त अवस्थामा रहेको भेटिएको बताए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मङ्गलवार भएको छलफलमा बोल्दै गिरीले यस्तो बताएका हुन् ।
‘भन्सार नाकाहरू अस्तव्यस्त छन्। कतिपय पूर्वाधारको अभाव छ,’ उनले भने, ‘कतिपय भएका पूर्वाधार प्रयोगमा छैनन् । कतिपय नियोजित ढङ्गले मिलेमतोमा स्क्यानर मेसिन थन्काएको अवस्था छ । प्रयोगमा किन आउँदैन यसको कुनै जवाफ आउँदैन ।’
जसका कारण अवैध रूपमा आयात बढेको उनको भनाई छ । साथै पोका बोकेर आउनेलाई प्रहरीले लखेटेजस्तो गर्ने तर सेटिङमा ल्याइएका वस्तु देखि देखि छाड्ने प्रवृत्ति रहेको बताए ।
‘प्रहरीका पनि केही लिमिटेसन होला । तर पोका बोकेर आउनेलाई लखेटेजस्तो गर्ने तर सेटिङमा ल्याइएका वस्तु देखि देखि छाडिएको पाइन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी
-
समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण