बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

आज पनि जसपा नेपालले अध्यादेशबारे छलफल गर्दै

बुधबार, २३ माघ २०८१, १३ : ५६
बुधबार, २३ माघ २०८१

काठमाडौँ । अध्यादेशको बारेमा अध्ययन गर्न जनता समाजवादी पार्टी नेपालले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलको बैठक सिंहदरबारस्थित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको कार्यकक्षमा बस्न लागेको हो । कार्यदलले विज्ञहरूलाई बोलाएर नै त्यस विषयमा छलफल गरेको छ ।

हिजो पनि कार्यदलको बैठक बसेको थियो । सो बैठकमा भूमि सम्बन्धी अध्यादेशको बारेमा छलफल भएको थियो । पाँच वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश पूर्वाग्रही रहेको जसपा नेपालले जनाएको छ ।

हिजो बसेको बैठकले सो अध्यादेशको हरेक दफाको बारेमा छलफल गरेको थियो । यो अध्यादेश लागू भयो भने वन जङ्गल फडानी हुनुको साथै अवैध बसोबासमा अत्यधिक हुने जसपा नेपालले ठहर गरेको छ । कार्यदलका सदस्य शैलेन्द्र साहले यो अध्यादेश तराई मधेसको हितमा छँदै छैन, यो अध्यादेश लागू भयो भने चुरे वन फडानी हुनुको साथै अव्यवस्थित बसाइँसराइमा वृद्धि हुने बताए ।

यो अध्यादेशमा व्यापक संशोधन अथवा खारेज नै गर्नुपर्ने अवस्था देखिएको बताउँदै उनले आज पनि यस अध्यादेशको बारेमा छलफल भइरहेको छ, साँझसम्म केही निष्कर्ष निस्किने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप