समाचार
कोटिहोमका लागि काटिएको दाउरा जफत
बुधबार, २३ माघ २०८१, १३ : ३८

पोखरा । पोखरा महानगरपालिकाले कोटिहोमका लागि काटिएको दाउरा जफत गरेको छ । लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो ।
मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरे जफत गरेको छ । मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो ।
पोखराको पर्यावरणमै असर पर्ने गरी रुख काटिएको भन्दै चौतर्फी आलोचना भएको छ । मेयर आचार्यले कोटिहोम नै गर्न नदिने चेतावनी दिएका छन् । फाउन्डेसनले पोखराको फेवाताल क्षेत्रमा २ महिनासम्म कोटी होम गर्ने तयारी गरेको छ ।