पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । पूजा महतोको शानदार शतकको मद्दतले नेपालले त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्ससामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । नेपालका लागि महतोले नटआउट रहँदै सर्वाधिक ६२ रनको योगदान दिइन् । उनले ५१ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
त्यस्तै, कप्तान इन्दु वर्माले ३७ बलमा ३९ रन जोडिन् । उनले यसक्रममा ५ चौका हिर्काइन् । रुविना क्षेत्रले १७ बलको सामना गर्दै २० रन बनाइन् । उनले ३ चौका प्रहार गरिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस जीविलिङले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै क्यारोलिन डी लांगे र हेदर सिगर्सले १–१ विकेट हात पारे ।
नेपाल शृङ्खलामा हालसम्म जितविहीन रहेको छ । नेदरल्याण्ड्सले ४ खेलमध्ये दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंक बटुलेको छ । थाइल्याण्ड सबै चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
-
जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन