सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा

बुधबार, २३ माघ २०८१, १३ : २३
बुधबार, २३ माघ २०८१

काठमाडौँ । सांसद सूर्यबहादुर थापाले भारतीय नागरिकलाई भन्सार एजेन्टको रूपमा राखेका कारण बेथिति सिर्जना भएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । 

‘भारतीय नागरिकलाई भन्सार व्यवस्थापनको जिम्मा दिइएको छ,’ उनले भने, ‘जसलाई दिएको हो त्यो उपस्थित नभएर अर्कोलाई दिइएको छ ।’

साथै उनले भन्सार हुँदै  दैनिक उपभोग्य वस्तु आयात नभएको  तर खुलेआम अवैध आयात भएको समेत बताए ।  यसैगरी भारतले दशगजा क्षेत्रमा भारतले सीमा मिचेको तर सुरक्षक निकायले सुरक्षा नदिएको बताए ।

‘दशगजा अहिले दशगजा  रहेको छैन । कहीँ पाँच गजा कहीँ सात गजा देखियो,’ उनले भने, ‘दशगजा नेपालले बनाएको पुलसम्म मिच्दै ल्याएको छ ।  पुलको बिचमा दशगजा हो भनेको अवस्था छ ।  नेपाली भूमिमा भारतले पिप्रोन पुल निर्माण गर्न दिइएको छैन । यसमा सुरक्षा निकाय जिम्मेवार हुन पर्दैन ?’  यसैगरी जनकपुरको पिप्रोन पुल निर्माण गर्न नदिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप