अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै एक कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेका छन् । यसमा हस्ताक्षरपछि ट्रान्सजेन्डर खेलाडीहरूले महिला वर्गको खेलकुदमा भाग लिन पाउने छैनन् ।
यो आदेश जन्मजात पुरुष भएका तर लिङ्ग परिवर्तन गरेर महिला बनेका ट्रान्सजेन्डर खेलाडीहरूमा यो लागू हुनेछ । ट्रम्पले चाँडै नै यो आदेशमा हस्ताक्षर गर्न लागेको बताइएको छ । जनवरीमा राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले आफ्नो आदेशमा आधिकारिक कागजातहरूमा मानिसहरूलाई पुरुष र महिलाको रूपमा मात्र पहिचान गरिने कुरा स्पष्ट पारेका थिए ।
ट्रम्पले चुनावी अभियानका क्रममा पनि पुरुषहरूलाई महिला खेलकुदबाट टाढा राख्ने वाचा गरेका थिए । अब पछिल्लो आदेश मार्फत उनले त्यो वाचा पूरा गर्न लागेका छन् । ट्रम्पले बुधबार हस्ताक्षर गर्ने आदेश अन्तर्गत, उनको प्रशासनले कानूनको शीर्षक ११ को व्याख्या गर्नेछ ।
यो कानून एथलेटिक्समा लैङ्गिक समानतालाई प्रवद्र्धन गर्न र खेलकुद परिसरहरूमा यौन उत्पीडन रोक्न ल्याइएको थियो । रिपब्लिकन सांसद न्यान्सी मेसले ट्रम्पको कार्यकारी आदेशको प्रशंसा गर्दै यो आदेशपछि खेलकुदमा निष्पक्षता पुनस्र्थापित हुने बताएकी छिन् ।
ट्रान्सजेन्डरहरूलाई सेनामा भर्ना हुनबाट प्रतिबन्ध लगाउने सम्भावना
बाइडेन प्रशासनले गत वर्ष अप्रिलमा एउटा नीति लागू गरेको थियो, जसमा कानूनले ट्रान्सजेन्डर खेलाडीहरूलाई स्पष्ट रूपमा सम्बोधन गर्न असफल भएको र कानूनमा केही परिवर्तनहरू गरेको भनिएको थियो । तर, परिवर्तनहरूलाई रिपब्लिकन प्रभुत्व रहेका धेरै राज्यहरूले चुनौती दिएका थिए ।
ट्रम्पले पनि हालै अमेरिकी सेनासँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेश अन्तर्गत अमेरिकामा ट्रान्सजेन्डर सैनिकबारे नीति बनाउन निर्देशन दिइएको छ । २०१७ मा पनि ट्रम्पले अमेरिकी सेनामा ट्रान्सजेन्डर सैनिकहरूको पुनर्बहालीमा प्रतिबन्ध लगाएका थिए । ट्रम्पले नयाँ नीतिमा अब पनि यस्तै आदेश जारी गर्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्