सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

स्वीडेनमा विद्यालयमा भएको गोलीबारीमा ११ जना मारिए

बुधबार, २३ माघ २०८१, १२ : ५९
बुधबार, २३ माघ २०८१

स्टकहोम । मध्य स्वीडेनमा एउटा विद्यालयमा भएको गोलीबारीको घटनामा ११ जना मारिएको प्रहरीले बताएको छ । मर्नेमा संदिग्ध पनि रहेको बताइएको छ ।

मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ २०० केमी पर रहेको ओरेब्रोको रिस्बेग्र्सा विद्यालयमा भएको आक्रमण स्वीडिश इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बताए । 

मर्नेमा संदिग्ध पनि परेको र उनी एक्लैले यो घटना गराएको विश्वास गरिएको प्रहरीले बताएको छ । गोलीबारीको उद्देश्य अहिलेसम्म अस्पष्ट रहेको भनिएको छ । आज जे भयो त्यसको भयावहता सोच्न गाह्रो भएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताए । 

कयौँ मानिस घाइते भएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले पहिला नै चेतावनी दिएको थियो । बुधबार बिहान एउटा विज्ञप्तिमा प्रहरीले घाइतेको संख्या यकिन हुन नसकेको बताएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप