‘युनिभर्सल सुपर स्टार २०२५’मा छानिए ४ विजेता
काठमाडौँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् ।
सोही प्रतियोगितामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र ‘मिस युनिभर्स सुपरस्टार’ (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ (नेवार) र ‘मिसेस युनिभर्स सुपरस्टार’ उमा श्रेष्ठले प्राप्त गरे ।
स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा एक भव्य कार्यक्रम सहित आयोजना भएको प्रतियोगितामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाख्रिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जिते ।
रोजिन शाक्यको कोरियोग्राफी, रमेश जंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगीता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमीला सिलवालले बताइन् ।
अभिनेत्री रेखा थापा (नेपाल), उज्वोल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) रे अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
प्रतियोगितामा ड्रेस डिजाइन समिक्क्षा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ र अनिता खत्री र मेकअप रोजिना सुवाल र टिमको रहेको थियो । सबै विजेता आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने ‘मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबल’मा सहभागिता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
-
जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन