नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
बुधबार, २३ माघ २०८१, १२ : २६
![नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै](https://npcdn.ratopati.com/media/news/nepal-neatherland_uewnzyj4kv_n6QedIL4c2.jpg)
काठमाडौँ । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन ।
नेपाल पहिलो जितको खोजिमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो । यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्दै दाउमा रहेको छ ।
नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो । नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित