बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह

बुधबार, २३ माघ २०८१, १२ : २२
बुधबार, २३ माघ २०८१

रौतहट । रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म  छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ ।
 
धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिका प्रमुख रीनाकुमारी साहले स्पष्ट गरिन् ।

महोत्सवका अवसरमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागितामा मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकुदलगायतका गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।  मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले रु ८७ लाख विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले जानकारी दिए ।
नगर प्रमुख साहले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको मौलापुरस्थित महादेव मन्दिर नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप