बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ

बुधबार, २३ माघ २०८१, १२ : २१
बुधबार, २३ माघ २०८१

भक्तपुर । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । भक्तपुरमा आज बुधबार आयोजित रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । 

उनले भने, भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएको र यो अध्यादेश संसदबाट नै पारित गर्ने लक्ष्यका साथ आएको अध्यादेशले संसद्लाई छल्ने कुरा नआउने विचार व्यक्त गरे । 

कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताए । 

उनले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेको बताए । मन्त्री सुब्बाले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने अभिमत व्यक्त गरे ।    

उनले धार्मिक, सांस्कृतिक सहिष्णुताका हिसाबले नेपाल सुन्दर मुलुक भएको तर केही अन लाइन सञ्चारमाध्यमले सामाजिक सद्भाव खलबल्याउने कार्य गरेको देखिएकाले त्यस्ताको नियमन गर्न जरुरी रहेको प्रस्ट पारे । 

उनले नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता दुष्प्रवृत्ति नियन्त्रण विधेयकको आवश्यकता परेको  चर्चा गरे । 

उनले आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी सुझाव माग्न गइरहेको जानकारी पनि दिए । आइटीलाई र एआईलाई उद्योगको रूपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता परेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप