‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका

काठमाडौंँ । अभिनेत्री दीपिका प्रसाइँले फिल्म ‘मायावी’ आफ्नो सपना भएको बताएकी छिन् । केही वर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको सुनाइन् ।
‘यो प्रोजेक्ट ५ वर्ष अगाडि देखिको यात्रा हो । यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो’, उनले भनिन् ‘तर, मैले भगवानको नाम पुकारेर दुवैलाई जिताउनुपर्छ भने अगाडि बढेँ ।’
फिल्मको छायाङ्कन समय निकै नै दुःख पाएको उनको भनाई छ । भन्छिन्, ‘दुःख गरेको प्रोजेट भएकोले राम्रो आस गरेको छु ।’ फिल्म छायाङ्कनको क्रममा उनले निर्देशक दिवाकर भट्टराईलाई अब यो फिल्म गर्न सक्दिनँ समेत भनेकी थिइन् । निर्देशकले फिल्मका लागि तिमी बाहेक अन्य सोच्न सक्दिनँ भनेपछि गाहे गरेर पनि अभिनय गरेको रातोपाटीलाई बताइन् ।
दीपिकाले ‘मायाबी’ लाई आफ्नो दोस्रो सन्तान भन्छिन् । ‘मायावी’को अर्थ के हो ? प्रश्नमा उनले भनिन्, ‘फिल्ममा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ । मायावीको अर्थ सामान्य रुपमा मायाजालको रुपमा वुझिन्छ । तर, यो फिल्ममा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ ।’
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यो फिल्ममा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।
फागुनको १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दीपिकाको अलवा पल शाह, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन