सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

दुई जना डीएसपीको काज सरुवा, दमकमा तिमल्सिना

बुधबार, २३ माघ २०८१, ११ : ४९
बुधबार, २३ माघ २०८१

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।

दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो । त्यस्तै  जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ ।

काठमाडौँको अपरेशन कमाण्डरको रुपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई ल्याइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप