भारतमा केन्द्र सरकारका कर्मचारीलाई च्याट जीपीटी र डीपसिक प्रयोग नगर्न चेतावनी

नयाँ दिल्ली । भारत सरकारले एउटा आदेश जारी गरेको छ । आदेशमा सरकारी कर्मचारीहरूलाई एआई एप्स र एआई प्लेटफर्महरूबारे आवश्यक जानकारी दिइएको छ ।
केही कर्मचारीहरूले कार्यालयको कम्प्युटर र ल्यापटपमा एआई एपहरू (जस्तै च्याटजीपीटी, डीपसिक आदि) प्रयोग गर्ने गरेको अनि यो भारत सरकारको गोप्य कागजात र डेटाको लागि खतरनाक साबित हुनसक्ने अर्थ मन्त्रालयले जारी गरेको आदेशमा सरकारी कर्मचारीहरूलाई भनिएको छ ।
सरकारी कम्प्युटर, ल्यापटप र उपकरणहरूमा एआई एप र उपकरणहरू प्रयोग गर्नु हुँदैन भनेर केन्द्र सरकारको परिपत्रमा भनिएको छ । डेटा र गोपनीयतालाई प्राथमिकता दिँदै यो निर्णय लिइएको पनि पत्रमा उल्लेख छ । एआई प्रयोगकर्ताहरूको मनोबल गिराउन यो कदम नचालिएको पनि स्पष्ट पारिएको छ ।
भारतमा च्याटजीपीटी, डीपसिक र गुगल जेमिनीजस्ता धेरै विदेशी एआई एपहरू उपलब्ध छन् । आफ्नो काम सजिलो बनाउन धेरैले यसलाई प्रयोग गर्दै आएका छन् । एआई एप्स इन्ष्टल गरेपछि, तिनीहरूले आवश्यक अनुमतिहरूको पहुँच माग्छन् । यस्तो अवस्थामा सरकारी फाइलहरूको डाटा चुहावट हुने खतरा कायमै भएकोले यो निर्णय गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति
-
प्रधानाध्यापकमाथि कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी
-
हिल्साको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
-
रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायतीमा बसेका थप दुई जना पक्राउ
-
काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली