इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध

बेइजिङ । अष्ट्रेलियाले सरकारी प्रणाली र उपकरणहरूमा चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ । बुधबार चिनियाँ एआई विज्ञहरूले यो कदमको आलोचना गर्दै यसलाई वैचारिक रूपमा प्रेरित भएको बताए ।
केही पश्चिमी देशहरूले चीनको प्राविधिक प्रगतिको निष्पक्ष र वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्न असमर्थ रहेको उनीहरूको भनाइ थियो । अष्ट्रेलियाली सञ्चार माध्यम एबीसीमा छापिएको समाचार अनुसार अष्ट्रेलियाली संघीय सरकारले डीपसिकलाई कम्प्युटर र मोबाइल उपकरणहरूबाट प्रतिबन्ध लगाएको छ, यसलाई ‘राष्ट्रिय सुरक्षाको लागि अस्वीकार्य खतरा’ भनिएको छ । यसअघि इटालीले पनि डिपसिकमाथि प्रतिबन्ध लगाएको थियो ।
तुरुन्त हटाउन सरकारी निकायलाई आदेश
यस नयाँ प्रतिबन्ध अन्तर्गत अष्ट्रेलिया पोस्ट र एबीसी जस्ता कर्पाेरेट संस्थाहरू बाहेक सबै सरकारी निकायहरूलाई आफ्ना उपकरणहरूबाट सबै डीपसिक–लिङ्क गरिएका उत्पादनहरू तुरुन्तै हटाउन निर्देशन दिइएको छ ।
यो निर्णय एप चीनमा बनेको कारणले नभएर ‘सरकारी प्रणाली र सम्पत्तिको सुरक्षा’को आधारमा गरिएको अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले गार्जियनलाई दाबी गर्दै भने । यसअघि नासा र पेन्टागन लगायत विभिन्न अमेरिकी एजेन्सीहरू र इटालीले पनि डीपसिकमाथि प्रतिबन्ध लगाएका थिए ।
अस्ट्रेलियाको कदमले प्राविधिक चिन्ताभन्दा पनि विचारधाराबाट प्रेरित भेदभावलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बेइजिङ युनिभर्सिटी अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनको ह्युमन–मेसिन इन्टरएकसन एण्ड कग्निटिभ इन्जिनियरिङ ल्याबका निर्देशक लिउ वेईले बताए ।
अमेरिकी संघीय एजेन्सीहरूले चिनियाँ प्रविधिलाई नियमन गर्न कदम चालेपछि अस्ट्रेलियाले त्यसलाई पछ्याउन बाध्य महसुस गर्ने उनको भनाइ थियो ।
असन्तुष्ट छन् चिनियाँ एआई विज्ञहरू
अष्ट्रेलियाले साँच्चै राष्ट्रिय सुरक्षामा प्राविधिक जोखिमको बारेमा कुरा गरिरहेको थियो भने, यसले अमेरिकी कम्पनी ओपनएआई र डीपसिकसँग काम गरिरहेका अन्य प्राविधिक कम्पनीहरूलाई पनि प्रतिबन्ध लगाउनुपथ्र्याे भन्ने लिउ वेईको तर्क छ । तर अष्ट्रेलियाली सरकारले अमेरिकी एआई कम्पनीहरू विरुद्ध त्यस्तो कुनै कारबाही गर्ने कुनै संकेत नगरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता