च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् ।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन् । खेलकुद परिषद्सँग रु १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ ।
ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन्। दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुक र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ
-
पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
-
नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान परिवर्तन
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय