कमिन्सले च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना न्यून, उनको अनुपस्थितिमा टिमको नेतृत्व कसलाई ?
_VkSXOgWRjd.png)
सिड्नी । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले खुट्टाको चोटका कारण च्याम्पिन्स ट्रफी नखेल्ने सम्भावना धेरै रहेको प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले जानकारी दिएका छन् । उनको अनुपस्थितिमा स्टिभ स्मिथ वा ट्राभिस हेडले टोलीको नेतृत्व गर्ने सम्भावना रहेको छ ।
कमिन्सले दोस्रो सन्तानको जन्मका लागि श्रीलंकाविरुद्धको टेस्ट शृङ्खला गुमाएका थिए । तर, सँगै बार्डर गावस्कर ट्रफीमा देखिएको खुट्टाको चोटको समस्याबाट पनि उनी गुज्रिरहेका छन् ।
टेस्ट शृङ्खलामा समावेश नभएका अस्ट्रेलियाका एक दिवसीय खेलाडीहरू बिहीबार श्रीलंका प्रस्थान गर्दैछन् । यो टोलीमा कमिन्स समावेश नहुने बताइएको छ ।
‘कमिन्सले बलिङको अभ्यास सुरु गर्न सकिरहेका छैनन्, त्यसैले हामीलाई नयाँ कप्तान चाहिएको छ,’ म्याकडोनाल्डले भने, ‘स्टिभ स्मिथ र ट्राभिड हेडलाई सम्भावित उम्मेदवारका रूपमा हामीले छलफल गरिरहेका छौँ ।’
यता, अर्का तीव्र गतिका बलर जोश हेजलवुड पनि समयमा नै फिट हुन संघर्षरत रहेका छन् । उनको ढाड र खुट्टामा समस्या देखिएपछि उनले भारतविरुद्धको ५ मध्ये ३ टेस्ट र श्रीलंकाविरुद्धको शृङ्खला गुमाएका थिए ।
त्यस्तै, मिचेल मार्स पनि ढाडको समस्याका कारण च्याम्पियन्स ट्रफी नखेल्ने भएका छन् । अस्ट्रेलियाले मार्सको स्थानमा अर्को खेलाडीको घोषणा गरेको छैन । हालसम्म अस्ट्रेलियाका लागि एक दिवसीय नखेलेका बिउ वेबस्टरले एक दिवसीय टोलीमा स्थान पाउने सम्भावना रहेको म्याकडोनाल्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म