सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

चेल्सीबाट मिलान पुगे फेलिक्स

बुधबार, २३ माघ २०८१, १० : ५०
बुधबार, २३ माघ २०८१

लण्डन । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड जोआओ फेलिक्स ऋणमा सिजनको अन्त्यसम्म एसी मिलानसँग अनुबन्ध भएका छन् ।

इटालियन टोलीले फेलिक्सका लागि ५० लाख पाउण्ड खर्च गरेको छ । करारमा २५ वर्षीय पोर्चुगिज खेलाडीलाई खरिद गर्ने बारे कुनै पनि बुँदा समावेश छैन ।

यसबारे मंगलबार मात्र घोषणा गरिए पनि सिरिए र प्रिमियर लिगको ट्रान्सफर डेडलाइनका कारण आवश्यक कागजी प्रक्रिया सोमबार नै पूरा गरिएको थियो ।

फेलिक्सले गत अगस्तमा चेल्सीसँग ४.५ करोड पाउण्डमा सात वर्षको करार गरेका थिए । उनले यसअघि सन् २०२२–२३ सिजनमा स्टामफोर्ड ब्रिजमा ऋणमा बिताएका थिए ।

बेनफिकामा आफ्नो व्यावसायिक फुटबलको करियर सुरुवात गरेका फेलिक्स सन् २०१८ मा ११.३ करोड पाउण्डमा ला लिगा क्लब एट्लेटिको मड्रिडसँग आबद्ध भएका थिए । उनले सन् २०२३–२४ सिजन बार्सिलोनामा पनि ऋणमा बिताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप