अवैध आप्रवासी बोकेर ग्वान्तानामो खाडी पुग्यो अमेरिकी सेनाको विमान, निर्वासितहरूलाई जेलमा राखिने

वासिङ्टन डीसी । अमेरिकाबाट अवैध आप्रवासीहरू बोकेको एउटा सैन्य विमान मंगलबार ग्वान्तानामो खाडी पुगेको छ । गैरकानूनी आप्रवासीहरू बोकेर ग्वान्तानामो खाडी पुग्ने यो पहिलो अमेरिकी विमान हो ।
अमेरिकाले गैरकानुनी आप्रवासीहरूलाई ग्वान्तानामो बे जेलमा राख्ने भएको छ । यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ । २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाका अभियुक्तहरूलाई यस जेलमा राखिएको थियो ।
त्यतिबेला, ग्वान्तानामो बे जेल विश्वभर हेडलाइन बनेको थियो । ग्वान्तानामो बे जेलमा अवैध आप्रवासीहरूलाई राख्न ३०० जना सहयोगी कर्मचारी पनि खटाइएको छ । आवश्यक परेमा, यसलाई बढाउन पनि सकिने बताइएको छ ।
ग्वान्तानामो बे जेलमा ३० हजार कैदी राख्न सक्ने क्षमता भएको होल्डिङ सेन्टर बनाइएको छ । यो होल्डिङ सेन्टर अवैध आप्रवासीहरूलाई राख्न प्रयोग भइरहेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ग्वान्तानामो बे जेललाई अवैध आप्रवासीहरूलाई राख्नको लागि उत्तम ठाउँ बताएका छन् ।
तर, अवैध आप्रवासीहरूलाई जेलमा राख्ने ट्रम्प सरकारको निर्णयको पनि कडा आलोचना भइरहेको छ । एम्नेस्टी इन्टरनेशनल युएसएमा शरणार्थी तथा आप्रवासी अधिकार कार्यक्रमकी निर्देशक एमी फिशरले ग्वान्तानामो बे जेलको प्रयोगको निन्दा गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?
-
केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
-
आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश
-
बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन