सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक महिला टी-२० शृङ्खला : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा

बुधबार, २३ माघ २०८१, ०८ : ११
बुधबार, २३ माघ २०८१

काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदै छ । 

खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघिका चारवटै खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालले यसपछि अन्तिम खेलमा शुक्रबार थाइल्यान्डसँग खेल्ने छ ।

चार खेलमा दुई जित निकालेको नेदरल्याण्ड्स उपाधि होड जीवितै राख्न आजको खेल  जित्नैपर्ने दबाब रहनेछ । शृङ्खलामा थाइल्यान्डले हालसम्म चारवटै खेल जित्दै उपाधि दाबेदारको रूपमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप