नेसनल सोसल वेलफेयर अवार्डबाट जैसी सम्मानित
काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सामाजिक अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी हुन् ।
श्रमजीवी पत्रकारका नेता जैसीलाई श्रमजीवी पत्रकारहरूको हकहितका पक्षमा दशकौँदेखि समर्पित भएकोमा सम्मान स्वरूप राष्ट्रिय अवार्डका लागि चयन गरिएको हो । सिजन मिडियाले अवार्ड प्रदान गर्दै भनेको छ, ‘अवार्ड प्रदान उहाँको समाजप्रतिको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्याङ्कन हो ।’
समाजमा गरेका अविस्मरणीय योगदानको कदरस्वरुप यो अवार्ड प्रदान गर्ने गरिन्छ । सिजन मिडियाले जैसीको कार्यकाललाई प्रेरणादायक र समाजका लागि महत्त्वपूर्ण बनाएको र यसको मूल्याङ्कन आवश्यक रहेको बताएको छ ।
‘जैसीले आफ्नो करियरको अधिकांश समय समाजका पिछडिएका र आवश्यकता परेका वर्गका लागि काम गर्न समर्पित गर्नुभएको छ । उहाँले श्रमजीवी पत्रकारका रूपमा समाजको हक र अधिकारका लागि आवाज उठाउनुभएको छ,’ सिजन मिडियाले भनेको छ ।
सिजन मिडियाले यस अवसरमा जैसीलाई आगामी दिनहरूमा अझै सफलता, सुस्वास्थ्य र रचनात्मक जीवनको शुभकामना दिएको छ । कार्यक्रमको उद्देश्य समाजका उत्कृष्ट व्यक्तित्वलाई सम्मानित गर्नु मात्र नभई समाजका लागि सकारात्मक योगदान दिन प्रेरणा प्रदान गर्नु पनि भएको सिजन मिडियाले उल्लेख गरेको छ ।
सिजन मिडियाले यस अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझै प्रभावकारी र समाजका लागि अत्यधिक महत्त्वपूर्ण बनाउनका लागि निरन्तर प्रयास गर्ने जनाएको छ । जैसीसहित अन्य केही समाजसेवी पनि सो अवसरमा सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत