नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
आज विक्रम संवत २०८१ साल माघ २३ गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी ५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–अष्टमी, ५० घडी १७ पला, रातको २ बजेर ५७ मिनेट उप्रान्त नवमी । नक्षत्र–भरुणी, ४० घडी ४० पला, बेलुकी ११ बजेर ७ मिनेट उप्रान्त कृतिका । योग–शुक्ल, ४२ घडी ५० पला, बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त ब्रम्ह । करण–भद्रा, बेलुकी ४ बजेर ५ मिनेट उप्रान्त बव, रातको २ बजेर ५७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४६ मिनेट । दिनमान २७ घडी २० पला ।
आजको बार बेला
बिहान ०६ बजेर ५० मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५१ मिनेटदेखि बिहान ८ बजेर १२ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १३ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर २ मिनेटसम्म चर बेला ।
दिउँसो ३ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर २४ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २५ मिनेटदेखि बेलुकी ७ बजेर २४ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १४ मिनेटदेखी बिहान ६ बजेर २ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । उद्योग तथा शेयर बजारको आम्दानीमा बढोत्तरीको योग रहेकोछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनलाई प्रविधिको प्रयोगमार्फत सहज बनाउन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) धार्मिक तथा सामाजिक काममा सक्रिय भई समय व्यतित गर्न सकिनेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वस्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिने तथा केही रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलिक बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । व्यापार, उद्योग तथा शेयर बजारको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागितासहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार वा शेयर लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकाले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेकोछ । प्रेममा रमाउन चाहनेका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा वित्तीय क्षेत्रको नाफामा उल्लेख्य बृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । र, पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) एकल तथा साझेदारी व्यापारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पत्तिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरकिो प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख, खि,खु,खे,खो,गा,गी) सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ । दिन दुःखीको सेवामा आफुलाई समर्पित गर्न पाउदा मन हर्षित हुनेछ । र, पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न ।
कुम्भ (गु,गे,गो,सा, सि,सु,से,सो,दा) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुका साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरेर प्रशिद्धि कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ । विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेकोछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कोटिहोम गर्न नदिने पोखरा महानगरको घोषणा
-
त्रिकोणात्मक महिला टी-२० शृङ्खला : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
सरकारमा प्रभावकारी काम गर्ने ल्याकत र इच्छाशक्ति देखिएन : राजकिशोर यादव
-
‘कन्टेम्पोरी प्यालेट’ : कलाको अर्कै दुनियाँमा पुग्ने चेष्टा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)