बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा

बुधबार, २३ माघ २०८१, ०५ : ०४
बुधबार, २३ माघ २०८१

काठमाडौं । एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती भएको क्वार्टरफाइनलमा एटलान्टालाई १-० गोल अन्तरले हराउँदै बोलोग्नाले सेमिफाइनल यात्रा तय गरेको हो । 

बोलोग्नालाई जिताउन सान्टियागो क्यास्त्रोले ८०औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै बोलाग्नाले १९७४ पछि पहिलो पटक कोपा इटालियाको फाइनल सपना बुन्ने मौका पाएको छ ।

बोलाग्ना र एटलान्टाबीच भएका ४१ खेलमा एटलान्टाले १९ जित्दा बोलोग्नाले १० खेल जितेको रेकर्ड छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप