एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
बुधबार, २३ माघ २०८१, ०४ : ३९

काठमाडौं । गिउलिआनो सिमोनको महत्वपूर्ण दुई गोल मद्दतले एटलेटिको मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा गेटाफेलाई ५-० गोल अन्तरले हराउँदै एटलेटिको मड्रिड सेमिफाइनलमा पुगेको हो ।
सिमोनले खेलको ८ औं मिनेट मै टोलीलाई अग्रता दिलाएका थिए । उनले १७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफअघि श्यामुएल लिनोले एक गोल थपे भने दोस्रो हाफमा एन्जेल कोरिया र एलेसान्डर सोरलोथले एक-एक गोल गरे ।
एटलेटिकोले अन्तिम पल्ट २०१३ मा स्पेनिस कमप जितेको थियो । कोपा डेल रे अन्तर्गत बुधबार रियाल मड्रिड लेगानेससँग भिड्ने छ भने रियाल सोसिडाडले ओसासुनासँग खेल्नेछ । बिहीबार ३१ पल्टको विजेता बार्सिलोनासँग भ्यालेन्सिया भिड्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार