स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
बुधबार, २३ माघ २०८१, ०१ : ०८
काठमाडौं । स्वीडेनको केन्द्रीय शहर ओरेब्रोस्थित एक स्कुल परिसरमा भएको गोलीबारीमा कम्तिमा १० जना मारिएका छन् । स्वीडिश प्रहरीका अनुसार मृतकमा संदिग्ध आक्रमणकारी समेत संलग्न छन् ।
मारिने संदिग्ध एक्लैले गोलीबारी गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । यद्यपि, ती व्यक्तिको मक्सद अझैसम्म पुष्टि हुन सकेको छैन ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो आक्रमणलाई स्वीडेनको इतिहास मै सबैभन्दा खराब सामूहिक गोलाबारीको संज्ञा दिएका छन् । गोलीबारी वयस्कहरुको स्कुलमा भएपनि सोही क्षेत्रमा बालबालिकाको समेत स्कुल रहेको बताइएको छ ।
आक्रमणकारी ठूलो संख्यामा हुनसक्ने आशंकामा प्रहरीले छात्रहरु र कर्मचारीलाई भवनभित्र राखेको र पछि मात्रै बाहिर निकालिएको बीबीसीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने