बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

झापामा गोली चल्यो, एक जना घाइते

मङ्गलबार, २२ माघ २०८१, २३ : २०
मङ्गलबार, २२ माघ २०८१

काठमाडौं । झापामा लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाएको छ । कनकाई नगरपालिका –४ स्थित भित्री सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दुई जना कारोबारीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्ने भारत डिगल बैंक थाना ५ का २८ वर्षीय अन्जार आलम (मोसा चालक) र पछाडी सवार सोही ठाउँ बस्ने अन्जारका सहोदर भाइ अनुमानित १९ वर्षका युसुव आलम रहेका छन् । 

अन्जारलाई चेकजाँचका लागि रोक्दा मोटरसाइकलको गति बढाएर प्रहरीलाई नै ठक्कर दिई लडाएर भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट प्रहरीले ४ राउण्ड हवाई फायर गरेको र त्यति गर्दा पनि उनीहरु मोटरसाइकल नरोकी भाग्न खोजेपछि अन्जारको देब्रे घुंडामुनि एक राउण्ड गोली प्रहार गरेर दुबैलाई नियन्त्रणमा लिएको बताइएको छ । 

नियन्त्रणमा लिएका उनीहरुको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरेको र प्रारम्भिक अनुसन्धानमा भाइ युसुव समेतको संलग्नता देखिएको झापा प्रहरीले जनाएको छ । गोली प्रहारले घाइते भएका अन्जारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लगिएको र थप उपचारसँगै अनुसन्धान समेत थालिएको प्रहरीले जानकारी दिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप