तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता

वीरगन्ज । बाराबाट एक तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता भएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका अनुसार रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर-१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी बेपत्ता भएका हुन् ।
उनी यही १७ गते जैसवालको घर अगाडि खेलिरहेका उनी एकाएक बेपत्ता बनेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनले भने, "विहान ९ बजेको हाराहारीमा घर अगाडि खेलिरहेका तीन वर्षीय चौधरी बेपत्ता भए, त्यसपछि फेला नपरेपछि हामी कहाँ खबर आयो । अनि त्यही दिनदेखि हामी पनि खोजविन गर्दैछौं ।तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।"
प्रहरीका अनुसार उनी गएको २ महिनादेखि मामाघर बस्दै आएका थिए । जैसवाल बालकका मामा हुन् । रातो कलरको हुड र ब्लु रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएको दिनदेखि परिवारजनको समन्वयमा चौधरीको खोजीकार्य भइरहेको प्रहरी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा जोड
-
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त
-
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा
-
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही