बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

ढोरपाटनको विकासमा  लाग्न प्रतिबद्ध छु: भट्टचन

मङ्गलबार, २२ माघ २०८१, २२ : ३९
मङ्गलबार, २२ माघ २०८१

बागलुङ । प्रतिनिधिसभा सदस्य देवी भट्टचनले ढोरपाटन र समग्र बागलुङको विकासमा लाग्न आफू प्रतिबद्ध भएको बताएका छन् । 

ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै भट्टचनले अहिले ढोरपाटनमै जन्मिएका ३ जना प्रदेश सांसद र आफू पनि संघीय सांसद रहेको बताए । 

यस क्षेत्रको विकासमा सबैले पूरा समय दिनुपर्ने भन्दै उनले आफू पनि यसमा प्रतिबद्ध रहेको बताएका हुन् ।  उनले ढोरपाटन क्षेत्रको विकासमा कृषि, पर्यटन र हाइड्रोपावर नै मुख्य भएको बताए । आलु, स्याउ र किबी जस्ता कृषि उत्पादन ढोरपाटन नगरपालिकामा बढी हुने भन्दै उनले नेपालकै एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनलाई विकास गर्नका लागि पनि थप लागिपर्नुपर्ने बताए । 

यस्तै उनले जलाशययुक्त विद्युत आयोजना निर्माणको पहल भइरहेको भन्दै यो  यस क्षेत्रका साथै समग्र देशकै लागि महत्त्वपूर्ण भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप